aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

''गोल्डेन ओकको कमेडी यात्रा” हाँसोको लहर बोकेर आउँदै छ विभिन्न शहरहरुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
''गोल्डेन ओकको कमेडी यात्रा” हाँसोको लहर बोकेर आउँदै छ विभिन्न शहरहरुमा

काठमाडौं । नेपालकै लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डे डमाल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको यो कमेडी यात्रा श्रावण महिनमा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न भएको थियो।

उक्त कमेडी यात्रामा अब गार्इघाटमा यही मंसिर १५ गते  मलंगवामा मंसिर १६ गते वीरगञ्जमा मंसिर १७ गते चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पूरै उत्साहका साथ आयोजित गर्ने कम्पनीले जनाएको छ।

गोल्डेन ओकद्वारा आयोजित मंसिर १५गतेदेखि हुन लागेको यस कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र केसी, मिलननेवार, निरज नेपाल, सुमन कार्की र शिवशंकर रिजाल सहभागी रहने छन् । 

प्रतिक्रिया दिनुहोस