aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइसिएफसी फाइनान्सले प्रस्ताव गर्याे लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
आइसिएफसी फाइनान्सले प्रस्ताव गर्याे लाभांश

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १२ करोड ७१ लाख १५ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्षभन्दा यस वर्ष कम्पनीको लाभांश कम भएको हो । 

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस