aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चम्पावती हाइड्रोपावरले साधारण सभा बोलायो, सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
चम्पावती हाइड्रोपावरले साधारण सभा बोलायो, सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडले १३ औं वार्षिक साधारण सभा पुस ९ गते गर्ने भएको छ । कम्पनीको मंसिर १० गतेको सञ्चालक समितिको बैठकले केन्द्रिय कार्यालय, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । साथै सञ्चालक समितिको गठन गर्ने प्रस्ताव समेत सभका लागि तय भएको छ । 

आईपीओ जारी गर्ने प्रस्ताव गरेको कम्पनीले अधिकृत तथा जारी पूाजी बृद्धि गर्ने प्रस्ताव समेत गरेको छ । यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ ।

यस कम्पनीले गोरखा र लमजुङ जिल्लामा पर्ने चेपे नदीको पानी उपयोग गरी ७ मेगावाट क्षमताको चेपे ए जलविद्युत आयोजना निर्माण निर्माण गरिरहेको छ । जुलाई २०२३ सम्ममा उक्त आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गरिसक्ने लक्ष्य कम्पनीले दिएको छ । कम्पनीमा स्थानीय सर्वसाधारण सहित १२२ विद्यमान र १० नयाँ शेयरधनी रहेका छन् । 

विद्यमान शेयरधनीहरूबाट ९ सदस्यीय कार्यसमिति मनोनयन गरिएको कम्पनीको भनाई छ । अधिकांश संस्थापक शेयरधनीहरू इन्जिनियरिङ क्षेत्रका रहेको र उनिहरू राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको नेतृत्व तहमै कार्यरत रहेको समेत कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनको निर्माण लागत रू. १ अर्ब ३० करोड हुने अनुमान गरिएको छ । हाल कम्पनीको अधिकृत पूँजी रू. ४२ करोड रहेको छ भने जारी पूँजी रू. ४० करोड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस