काठमाडौं । टाटा गाडीको अल न्यू एच–५ मोडल सार्वजनिक गरिएको छ । नाडा अटो सोलाई केन्द्रीत गरेर टाटा गाडीको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्सको पछिल्लो उत्पादन अल न्नू एच–५ गाडी सार्वजनिक गरेको हो ।
यसको सुरुआति मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । एच–५ एक्स ई भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ४४ लाख ५५ हजार, एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
एक्सई यो एसयूभीको लो भेरियन्ट हो भने एक्सजेड टप भेरियन्ट हो। क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनले एच–५ मा १३८ बीएच पावर र ३५० एनएम टर्क उत्पादन गर्छ ।
एच ५ को लम्बाई ४५९८ एमएम, चौडाई १८९४ एमएम, उचाई १७१४ एमएम रहेको छ। यसको ह्विलवेस २७४१ एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको कम्पनीले जनाएको छ ।
यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ ह्वील लगाइएको छ । एच ५ मा सुपर–ड्राइभ मोड दिइएको छ भने कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्सन प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस