aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फर्स्ट माइक्रोफाइनान्सको लाभांश प्रस्ताव, बोनस कति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
फर्स्ट माइक्रोफाइनान्सको लाभांश प्रस्ताव, बोनस कति

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाठट शेयरधनीहरुलाई बोनस र नगद गरी कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँ बराबरको बोनस र १ प्रतिशतका दरले हुन आउने ९६ लाख ४४ हजार ९२४ रुपैयाँ बराबरको कर सहितको नगद लाभांंश दिने घोषणा गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस