
काठमाडौं । धनुषा, गणेशमानचारनाथ नगरपालिका-४ वीरेन्द्रबजारमा ना.१ ज ८३९६ नम्बरको विङगर गाडी र ज.१ च १४९६ नम्बरको पिकअप गाडी एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ना.१ ज ८३९६ नम्बरको विङगर गाडीमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी १३ वर्षीय बालकको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाडीका चालक धनौजी गाउँपालिका-४ धनौजी बस्ने २५ वर्षीय अव्दुल मन्सुरी समेत ४ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका विङगरमा सवार अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै गाडी र ज।१ च १४९६ नम्बरको पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, धनुषाधाम नगरपालिका-९ धारापानीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धादिङ, थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा काठमाडौंबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्र ३.०१(००१ ग ३९२७ नम्बरको वानटन गाडीले बा ८९ प ९७२५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बेलायती नागरिक ३५ वर्षीय रुसेल एन्ड्री मिल्गीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, मेचीनगर नगरपालिका-१० निन्दा पुलस्थित सडकमा प्र १.०१.१२ प ४३७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७१ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको रोशन मेडिकल धुलाबारीमा उपचार भइरहेको छ ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ भाङबारीमा लक्ष्मीपुरबाट रातेखालतर्फ जाँदै गरेको बागमती प्रदेश ०२.०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३५ वर्षीय गंगाराम काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-५ महरा खोल्सी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.४९ प १५४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-१४ सुकैली बस्ने २५ वर्षीया सोहीक्षा पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, हरिपुर नगरपालिका-४ हरैयामा ना.५६ प ४२२६ नम्बरको मोटरसाइकल प्र.३.०१.०२४ च २६४७ नम्बरको कारमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका(७ बस्ने २५ वर्षीय डोक बहादुर लामाको मृत्यु भएको छ ।
प्र.२.०३.००१ ख ६२२९ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकल कारमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको स्वभिमान अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन तथा ट्रक र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस