
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३२ करोड ६६ लाख १४ हजार रहेको छ । सोही पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय कम्पनीले गरेको हो । प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
कम्पनीले विगत दुई आर्थिक वर्षको अनुपातमा यस वर्ष पनि लाभांश वितरण गर्न लागेको हो । विगत दुई आर्थिक वर्षमा पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस