aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
नेशनल लाईफ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आव २०७७र७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि ३,१८,५६,५१२ रुपैयाँ नगद लाभांश पारित गरेको छ । 

२०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ  पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी ४,६४,०४,३१,८७५ रुपैयाँ पुगेको छ । 

कार्यक्रममा आव २०७७र७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको जानकारी दिइयो । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई  १,२५२.४६ करोड रुपैयाँ पुगेको, जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई ४,२०४ करोड रुपैयाँ पुगेको र कूल लगानी २३.२० प्रतिशतले वृद्धि भई ३,९२४.७० करोड रुपैयाँ पुगेको बताइयो । 

कम्पनीले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस