aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सको शेयर कारोबार फुकुवा, कहिलेदेखि कारोबार गर्न मिल्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
अजोड इन्स्योरेन्सको शेयर कारोबार फुकुवा, कहिलेदेखि कारोबार गर्न मिल्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अजोड  इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ । यस कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थिए ।

 सोही अनुसार कम्पनीको शेयर सोमवार देखि कारोबारमा आउनेछ । प्रभु इन्स्योरेन्स र यस अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै साउन १ गते देखि दुबै कम्पनीको शेयर कारोबार रोकिएको थियो । प्रभु इन्स्योरेन्सको पनि आधारभुत शेयरधनीबाहेकको शेयर फुकुवा भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस