
काठमाडौं । लाभांश सार्वजनिकको विषयलाई लिएर गत मंसिर ७ गतेदेखि रोक्का रहेको रिडी हाइड्रो पावरको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले मंसिर १९ गतेदेखि लागू हुने गरी कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
रिडी हाइड्रोपावरले मंसिर ६ गते विहान ११ बजे सञ्चालक समितिको बैठक बसेर आर्थिक वर्ष ०७८÷७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २ दशमलव १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । कम्पनीले लाभांश सम्बन्धि निर्णय नेप्सेमार्फत दिउँसो ३ बजेर ५५ मिनेटमा सार्वजनिक गरेको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सुचना तथा जानकारी सर्बसाधारणको पहुँचबाट बञ्चित गराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।
नेप्सेले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको थियो । नेप्सेलाई स्पष्टिकरण पेश गर्दै कम्पनीले मंसिर ६ गते दिउसो ३ बजेपछिनै बैठक बसेको तर सुचनामा गलत समय भूलबस उल्लेख भएको बताएको थियो छ । कम्पनीले पेश गरेको स्पष्टिकरण चित्त नबुझाएको नेप्सेले अन्ततः कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेप्सेका अनुसार कम्पनीले आगामी दिनमा यस्ता गल्ति नदोहो¥याउने प्रतिबद्धताका साथ क्षमायाचना मागेको छ ।
रिडीले विगतका वर्षहरुमा अधिकतम १० दशमलव ५३ प्रतिशतसम्म मात्र लाभांश वितरण गर्दै आएको तथ्याङ्क छ । साविक रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसँगको मर्जर प्रकृया पुरा गरी गत असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरेको रिडीले यस वर्ष बम्पर लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस