aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अवस्था ठिक नभएका १८ सहित २२३ वटा सवारी कारवाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
अवस्था ठिक नभएका १८ सहित २२३ वटा सवारी कारवाहीमा

  काठमाडौं  । काठमाडौं उपत्यकाको कालिमाटी, किर्तीपुर, बल्खु, सानेपा र सुकेधारामा आज गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका र धुँवा बढी फाल्ने १८  वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीका अनुसार धुँवा बढी फाल्ने ११ वटा सवारी साधनलाई यातायात व्यवस्था कार्यालय एकान्तकुना र यान्त्रिक अवस्था ठिक नभएका ७ वटा सवारी साधनलाई सवारी परीक्षण कार्यालय टेकु,ू पठाइएको छ । अवस्था ठिक नभएका ५ वटा सवारी साधनको भने थप यान्त्रिक परिक्षण गर्नु पर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग किर्तीपुरले नियन्त्रणमा राखेको छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न ट्राफिक प्रहरीले पछिल्लो समय सवारी साधन चेकिङलाई तिव्रता दिएको छ ।

सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई सवारी साधन ठिक अवस्थामा राखेर संञ्चालन गर्न प्रहरी उपरिक्षक क्षेत्रीले अनुरोध गरेका छन  । त्यस्तै, बम्पर गार्ड नहटाएका २२३ वटा र ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने ३ वटा मोटरसाइकलका चालकलाई पनि ट्राफिक प्रहरीले आइतबारै कारबाही गरेको छ  ।  

प्रतिक्रिया दिनुहोस