
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट उक्त बोनस शेयर वितरण गरेको हो ।
कम्पनीको गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७६ प्रतिशत लाभांश पारित भएको थियो । कम्पनीले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जानकारी दिएको छ ।
आफ्नो हितग्राही खातामा बोनस शेयर जम्मा भएका सदस्यहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको आधारमा कुल १५ दशमलव २६ प्रतिशत लाभांश यस वर्ष वितरण गरेको हो । लाभांश प्रयोजनका लागि असोज ४ गते एक दिन बुक क्लोज गरेकोले असोज ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।
असोज ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा भने बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ । यसर्थ कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राखी फुकुवा गर्न समेत कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिए एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस