aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तेह्रथुम पावरले पुस १० गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
तेह्रथुम पावरले पुस १० गते बोलायो साधारण सभा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले पुस १० गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर १७ गतेको सञ्चालक समितिको बैठकले होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्गो लगाउनेछ । सभाले रित्त सञ्चालक समिति सदस्यको निर्वाचन तथा मनोनयन समेत गर्नेछ । कम्पनीले लाभांश वितरणको प्रस्ताव भने सभाका लागि तय गरेको छैन् । 

साधारण सभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने कम्पनीको भनाई छ । बुक क्लोजको आधारमा मंसिर २५ गतेभन्दा अघिल्लो कारोबार दिन मंसिर २२ गते बिहीवार सार्वजनिक विदा परेकाले मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।  

प्रतिक्रिया दिनुहोस