aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवको मुनाफाबाट कम्पनीले गत वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७४ करोड रहेको छ । प्रस्तावित १५ प्रतिशत बोनस शेयर  वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब भन्दा बढी पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस