
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५१ हजार २९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले अकिंत मुल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौमा सोमबार आयोजित एक समारोहबिच सम्झौता भएको हो ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस