aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई लघुवित्त कम्पनीको लाभांश प्रस्ताव, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
दुई लघुवित्त कम्पनीको लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । दुई लघुवित्त कम्पनीले लाभांश घोषणा गरेको छ । मंगलबार आरएमडीसी र साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेका हुन् । 

आरएमडीसी लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २६ प्रतिशतका दरले हुन आउने ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँ.बराबरको बोनस र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत का दरले हुन आउने एक करोड ६९ लाख ८३ हजार ०१३ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

त्यस्तै, सानाकिसान लघुवित्त वित्तीय संस्थाको लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २६ प्रतिशतका दरले हुन आउने ४० करोड ६७ लाख ४७ हजार ५६९ रुपैयाँ.बराबरको बोनस र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत का दरले हुन आउने दुई करोड १४ लाख ७ हजार ७६६ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस