aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेमा थपियो ३५ करोड कित्ता बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
नेप्सेमा थपियो ३५ करोड कित्ता बोनस शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३५ करोड कित्ता भन्दाबढि शेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर २० गतेसम्म ३५ करोड ९ लाख ९१ हजार ६३८.८३ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर बोनस शेयर हो ।  

नेप्सेका अनुसार सूचीकृत कम्पनीमध्ये बैंक, इन्स्योरेन्स, हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको हो । चालु आवको पहिलो साउन महिनामा विभिन्न कम्पनीको ३० करोड ९१ लाख ४९ हजार ४२१.०२ कित्ता बोनसु शेयर सूचीकृत भएको छ । 

त्यस्तै भदौमा विभिन्न कम्पनीको ३ करोड ७३ लाख १९ हजार ४५६.८२ कित्ता बोनस शेयर सुचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार चालु आवको असोजमा ९८ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यसैगरी, मंसिर महिनाको २० गतेसम्म विभिन्न कम्पनीको ४५ लाख २२ हजार ७६१ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जानएको छ ।
 

प्रतिक्रिया दिनुहोस