aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शिखर पावर डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आइएमई क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
शिखर पावर डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आइएमई क्यापिटल

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य एक सय रुपेयाँको दरको ९ लाख ९२ हजार ५८०  कित्ता साधारण शेयर जारी गर्ने भएको हो । 

उक्त शेयर सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमका बीच शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

वि.सं. २०७२ सालमा स्थापना भई वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस शिखर पावर डेभलपमेन्टको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ । यस शिखर पावर डेभलपमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजी चुक्ता भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस