aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ट्राफिक चेकिङमा २०० भन्दा बढी गाडी कारवाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
ट्राफिक चेकिङमा २०० भन्दा बढी गाडी कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा आज गरिएको विशेष चेकिङमा २८६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता अवदेश विष्ट क्षेत्रीका अनुसार चेकिङका क्रममा बम्पर गार्ड नहटाएका १२ वटा, धुँवा बढी फाल्ने ३ वटा, नम्बर स्पष्ट नभएका ९ वटा, नम्वर प्लेट आकाश तिर फर्केका २ वटा, मदिरा पियर सवारी साधन चलाउने १ जना र अन्य कसुरमा २६० वटा गरी २८६ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।

 उनका अनुसार काठमाडौंको नँया बसपार्क, सोह्रखुट्टे र स्वयम्भु चोकमा आज सवारी साधनको विशेष चेकजाँच गरिएको थियो । चालकलाई उत्तरदायी बनाई ट्राफिक सचेतनामा अभिवृद्दि गरी दुर्घटना न्युनिकरणका लागी पछिल्लो समय विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिईएको छ । 

यस्तै, सडकमा पानी चुहाउँदै गाडी चलाउने १० वटा पानी ट्याङकरका चालकलाई पनि ट्राफिक प्रहरीले आज कारवाही गरेको छ । काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा गरिएको विषेश चेकिङको क्रममा ट्राफिक प्रहरीले पानी ट्याङकरका चालकलाई कारवाहि गरिएको हो । चेकिङकै क्रममा सवारी चालक अनुमति पत्र नभएको एउटा पानी ट्यांकरका चालकलाई पनि कारवाही गरिएको छ ।

 पानी चुहिएको तथा सडकको अवस्था ठिक नभएको स्थानमा सवारी साधन चिप्लेर दुर्घटना हुने संभावना बढि हुने हुँदा क्षमता भन्दा बढि पानी ढुवानी नगर्न नगराउन सम्बन्धित सबैलाई प्रहरी उपरीक्षक क्षेत्रीले अनुरोध गरेका छन। सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री  हटाउन पनि ट्राफिक प्रहरीले शुरू गरेको छ । 

काठमाडौँको नागढुङगामा चेकिङका क्रममा २८ वटा सवारी साधनको अगाडी ‍सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर तथा अगाडिको शिसा चर्किएको लगायतका सामाग्रीहरू हटाईएको हो । सवारी साधनमा राखिएको झल्लर तथा स्टिकरका कारण अन्य सवारी साधनको गतिविधी अनुमान गर्न नसकिने चालकको ध्यान अन्यत्र तिर जाने र आफु भन्दा अगाडीको सवारी साधनसँगको ब्रेकिङ डिस्टान्स (सवारीसँगको दुरी) कायम राख्न नसकि सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले झल्लर, स्टिकर लगायतका सामाग्रि हटाउन थालिएको हो । 

सवारी साधनको अगाडी ‍सिसाको भागमा बिभिन्न सामाग्री राखिएको पाईएमा सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ अनुसार लापरबाही गरी सवारी साधन चलाएको कसुरमा कारबाही गरीने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवम् प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताएका छन ।  

प्रतिक्रिया दिनुहोस