aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चिलिमे जलविद्युत कम्पनीकाे लाभांश प्रस्ताव, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
चिलिमे जलविद्युत कम्पनीकाे लाभांश प्रस्ताव, बुक क्लोज कहिले ?

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७.५ प्रतिशतका दरले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशतका दरले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयधनीहरुले पाउनेछन् । 

कम्पनीले उक्त लाभांश प्रस्ताव पारितका लागि पुस २२ गते साधारण सभाको मिति तय गरेको छ । सो साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते एक दिनका लागि शेयरदाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ । 

जस अनुसार पुस २ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त साधारण सभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस