aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कालोसूचीमा राख्न सिफारिस भएका आठ निर्माण कम्पनीलाई स्पष्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
कालोसूचीमा राख्न सिफारिस भएका आठ निर्माण कम्पनीलाई स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै कालोसूचीमा राख्न भनि सिफारिस भएका आठ निर्माण कम्पनीलाई स्पष्टीकरण मागेको हो ।

स्पष्टीकरण पेश गर्न भनिएका कम्पनीहरुमा मकवानपुरको गुण निर्माण सेवा, काठमाडौंको सिरुवा/कविर/सुनकोसी जेभी, पर्साको मुस्कान सप्लायर्स, मकवानपुरको मुक्तिनाथ रुपेश कन्ट्रक्सन एण्ड सप्लायर्स, काठामाडौंको अनुष्ठान कन्ट्रक्सन, काठमाडौं कै सिरुवा कन्ट्रक्सन कम्पनी प्रालि, पर्साको दिल्ली ट्रेडिङ र चितवनको जय गढिमाई निर्माण कन्ट्रक्सन रहेका छन् ।

 


 

प्रतिक्रिया दिनुहोस