
एजेन्सी । बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादुकोणले पहिलो घर किनेका छन् । दुबै आफ्नो नयाँ घरमा प्रवेश गर्न निकै उत्साहित छन् । विवाहपछि उनी दीपिकासँग उनको घरमा बस्दै आएका थिए । तर, अब दुवैले सँगै किनेको घरमा सिफ्ट हुनेछन् । रणवीरले दीपिका घरेलु स्वभावकी रहेको र नयाँ घरलाई धेरै मायाले सजाउने गरेको बताएका छन् । रिपोर्टका अनुसार रणवीर र दीपिकाको यो नयाँ घरको मूल्य करिब ११९ करोड रहेको छ ।
रिपोर्टका अनुसार यस वर्षको सुरुमा रणवीर र दीपिकाले मुम्बईमा ११९ करोड भारुमा एउटा घर किनेका थिए । विवाहको चार वर्षपछि दुवैले पहिलो घरसँगै किनेका हुन् । यसअघि रणवीर दीपिकासँग उनको घरमा बस्थे ।
दीपिका र रणवीरले नोभेम्बर २०१८ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए । दुबैले सन् २०१२ मा फिल्म ‘गोलियों की रासलीला रामलीला’ पछि एकअर्कालाई डेट गर्न थालेका थिए ।
प्रतिक्रिया दिनुहोस