aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२६ वटा लाइसेन्स खारेज गर्न विभागमा पत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
२६ वटा लाइसेन्स खारेज गर्न विभागमा पत्र

काठमाडौं । २६ वटा सवारी चालक अनुमती पत्र निलम्बन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ ओटा सवारी चालक अनुमति पत्रहरू  निलम्बनका लागि बुधबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको प्रहरीले जनाएको छ  ।

 निलम्बनका लागि पठाईएका  मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह–प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस