
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।
सेबोनका अनुसार कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख रुपैयाँ ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो । कम्पनीको उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस