
काठमाडौं । थप एक कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काहनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत बिहिबार मोलुङ्ग हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो ।
निष्काशनको अनुमति पाएसँगै अब यस कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर जारी जारी गर्नेछ । उक्त शेयर आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणको लागि रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस