aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश दिन

काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम रहेका चुक्ता पँजीको ७ प्रतिशतका दरले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपौयँ बराबरको कर सहितको नगद लाभांश दिने भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

 

प्रतिक्रिया दिनुहोस