aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भिजन इनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
भिजन इनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना”ले साधारण शेयर आईपीओ जारी गर्ने भएको छ । यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । 

यस कम्पनीले एक सय रुपैयाँ अंकित दरको अधिकतम जम्मा ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण शेयर आईपीओ जारी गर्ने भएको हो । जसमा आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत शेयर अर्थात ३२ लाख ५० हजार थान शेयर सर्वसाधारणका लागिको सार्वजनिक निष्काशन गर्ने कम्पनीले जनाएको छ ।  

“राष्ट्रको समृद्धिको लागि ऊर्जा” भन्ने नाराका साथ विभिन्न पेशाकर्मी र अनुभवी व्यक्तित्वहरु एकजुट भएर भिजन इनर्जी एण्ड पावर लिमिटेड नामक कम्पनीको स्थापना भएको हो । संस्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अघि बढिरहेको यो कम्पनीले क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ  प्रमाण पत्र समेत प्राप्त गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस