aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाँचथर पावरको साधारण सभा पुस १८ गते, ७ प्रतिशत लाभांश पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
पाँचथर पावरको साधारण सभा पुस १८ गते, ७ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पुस १८ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ९६ करोड २५ लाखको आधारमा ७ प्रतिशत कर समेत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस