aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ड्रिंक एण्ड ड्राईभबाट हुने दुर्घटनाबाट बचाउने हेलमेटको विकास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
ड्रिंक एण्ड ड्राईभबाट हुने दुर्घटनाबाट बचाउने हेलमेटको विकास

एजेन्सी । मदिरा र ड्राइभका घटनाहरू प्रायः देख्न र सुन्न पाइन्छ। यस्ता दुर्घटनामा ठूलो संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् । भारतको एक विद्यालयका बालबालिकाले यस्तो दुर्घटनालाई कम गर्र्ने नयाँ उपया पत्ता लगाएका छन् । उनीहरुको नयाँ उपायले  यस्ता घटनालाई रोक्न सक्छ । यसका लागि बालबालिकाको हेल्मेटमा विशेष चिप राख्ने प्र्रविधिको विकास गरेका छनर । जसका कारण रक्सी पिउने र मोटरसाइकल चलाउनेलाई अलर्ट लगाउन सक्छ ।

भारतको सेन्ट जेभियर्स स्कुलका ४ जना बालबालिकाले तयार पारेका छन् यो प्रोटोटाइप विद्यार्थीले सेन्सरसहितको हेल्मेटको प्रोटोटाइप बनाएका छन् । यदि यो प्रोटोटाइप वास्तविक जीवनमा विकसित भयो भने, त्यसपछि ड्रिंक  र ड्राइभमा रोक लगाइनेछ। हेल्मेटमा यस्तो चिप छ, जसले मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा अलर्ट दिनेछ ।

हेल्मेटले पठाएको अलर्टका कारण बाइक स्टार्ट हुने छैन । भविष्यमा विद्यार्थीहरू अर्को चिपको पनि विकास गर्ने सोच बनाइरहेका छन ।  जसका कारण हेल्मेट राम्रोसँग नलगाउँदा बाइक स्टार्ट हुँदैन। रक्सी र ड्राइभका कारण हुने दुर्घटना रोक्न सेन्ट जेभियर्स स्कुलका कक्षा ६ का चार बालबालिकाले सेन्सरसहितको यो विशेष हेल्मेट तयार गरेका छन् ।

हेल्मेटमा रहेको चिपले मदिराको गन्ध मात्र पत्ता लगाउने होइन, बाइकलाई स्टार्ट हुनबाट पनि रोक्छ। बच्चाहरू अर्को यस्तै चिप तयार गर्न चाहन्छन्, जसका कारण हेलमेट बिना बाइक स्टार्ट हुँदैन। यो प्रोटोटाइप अविराज सिंह, वत्सल सरावगी, पार्थ र आरव पोद्दारले बनाएका हुन्।
 

प्रतिक्रिया दिनुहोस