aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक महिनामै एक अर्बभन्दा बढीको बीमा पोलिसी सरेन्डर, एलआइसीको सबैभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
एक महिनामै एक अर्बभन्दा बढीको बीमा पोलिसी सरेन्डर, एलआइसीको सबैभन्दा बढी

काठमाडौं । एक महिनामै ६ हजारभन्दा बढीले बीमा पोलिस सरेन्डर (समर्पण) गरेका छन् । गत कात्तिक महिनामा १९ बीमा कम्पनीमा बिमितहरुले ६ हजार ७ सय ४६ बीमा पोलिसी सरेन्डर गरेका हुन् । जुन एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको हो ।  

नेपाल बीमा प्राधिकरणका अनुसार यस महिना सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी)को बीमा पोलिसी सरेन्डर भएको छ । यस कम्पनीको ३९ करोड ९ लाख रुपैयाँ बराबरको ९८७ बीमालेख सरेन्डर भएका छन् ।

त्यस्तै, गत कात्तिक महिनामा नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ८४ लाख रुपैयाँ बराबरको दुई हजार एक सय ३९ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ । यस्तै, गत कात्तिक महिनामा राष्ट्रिय बीमा संस्थानको तीन करोड ९२ लाख रुपैयाँ बराबरको ३०६ वटा, नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड २५ लाख रुपैयाँ बराबरको ६६२ वटा, मेट लाइफको २ करोड ८४ रुपैयाँ बराबरको ३१३ वटा, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ६५ लाख रुपैयाँ बराबरको १५३८ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ९० लाख रुपैयाँ बराबरको १९५ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । 

त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट १२ करोड २७ रुपैयाँ बराबरको १४५ वटा, प्राइम लाइफ इन्स्योरेन्सको १४ लाख रुपैयाँ बराबरको २१ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४२ लाख रुपैयाँ बराबरको ६७ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट ४६ लाख रुपैयाँको १७ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट ५३ लाख रुपैयाँ बराबरको ४२ वटा बीमा पोलिसी सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २५ लाख रुपैयाँ बराबरको २५ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ४० लाख रुपैयाँ बराबरको ६१ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ३९ रुपैयाँ बराबरको ८३ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ४७ रुपैयाँ बराबरको ५७ वटा पोलिसी सरेन्डर भएको छ ।

त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट २८ लाख रुपैयाँ बराबरको २६ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ५६ लाख रुपैयाँ बराबरको ३२ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको २२ लाख रुपैयाँ बराबरको ३० वटा बीमा पोलिसी सरेन्डर भएको तथ्यांकमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस