
काठमाडौं। मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दर लगायतका विषयमा विरुद्धमा विराटनगरको महेन्द्र चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गरेको छ । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रको निर्णय अनुसार उक्त विरोध प्रदर्शन गरेको हो ।
मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं १ का अध्यक्ष संजय कुमार श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विराटनगर क्षेत्र लगायत प्रदेश १ मा संचालित विभिन्न अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो ।
मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बिहीबार एकसाथ काठमाडौंमा र विराटनगरमा संयुक्त विरोध प्रदर्शन गरेको हो ।
प्रतिक्रिया दिनुहोस