
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले यस वर्षको नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले गत असोज २८ गते सम्पन्न ३१औं वार्षिक साधारण सभामार्फत पारित गरेको कर समेत ५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो ।
असोज १३ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सदस्यहरूको हकमा नगद लाभांश जम्मा भईरहेको र सो अवधिपश्चात् बैंक खाता अद्यावधिक गराएका सदस्यहरूको हकमा समेत क्रमश नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । असोज १३ गतेसम्म आफ्नो शेयर धितो राखेका सदस्यहरूको हकको नगद लाभांश सम्बन्धित बंैक तथा वित्तीय संस्थाको नाममानै रोक्का गरिएकाले सो मितिपश्चात् कर्जा चुक्ता भएको भए फुकुवा पत्र पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७८÷७९ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत नगदल लाभांशसँगै २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस