
काठमाडौं। सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत)का लागि साधारण शेयर निष्काशन गर्ने छ । उक्त शेयर निष्कासनका लागि सनराइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
जारीपूँजी २ करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युतउत्पादन हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस