aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मलको मूल्य नबढाएसम्म सहज हुदैनः सचिव शर्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
मलको मूल्य नबढाएसम्म सहज हुदैनः सचिव शर्मा

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले मलको मूल्य बढाउने पर्ने बताएका छन् । सोमबार उनले मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले मलको मूल्य नबढाएसम्म सहज नहुने बताएका हुन् ।  

उनले भने, ‘यो वर्ष भन्दा अर्को वर्ष मलको अभावको सम्भावना उच्च रहेको छ । हामीलाई दूध बाहेक अरूको मूल्य तोक्ने अधिकार छैन । मलको मूल्य बढाउनुपर्छ ।’

त्यस्तै, उनले कृषि क्षेत्रको लागि छुट्याइएको पैसा अर्थ मन्त्रालयले रोकेको समेत गुनासो गरे । उनले भने, ‘पैसाको सुनिश्चित नभएसम्म हामीले काम गर्न नै पाउँदैनौँ । हाम्रो हातमा केही पनि छैन । अर्थले जुन पैसा छुट्याइएको छ, त्यो चाडै रिलिज गरिदिनु पर्‍यो । १५ अर्ब पैसा अर्थले रोकेर राखेको छ ।’

मलको समस्याबारे मन्त्रालयमा आफू किसानको प्रतिनिधित्व गर्दै आएको सांसद महेश बर्तौलाले बताए । उनले भने, ‘मलमा सबै भन्दा बढी समस्या मकवानपुर मा छ । समस्या सुनाउन पहिला कोही आएनन् । अब म आएको छु ।’ 

 

प्रतिक्रिया दिनुहोस