aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बाराही हाइड्रोपावरको आईपीओमा करिब २७ गुणा आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ मंसिर २०७९
बाराही हाइड्रोपावरको आईपीओमा करिब २७ गुणा आवेदन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ खरीदका लागि मागभन्दा करिब २७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिन साझ ४ बजेर १५ मिनेटसम्म १२ लाख १६ हजार १५३ जनाले १ करोड ३८ लाख ७१ हजार २२० कित्ता शेयर खरीद माग गरेका हुन । कम्पनीले मंसिर २१ गतेदेखि सर्वसाधारणमा ५ लाख १५ हजार २२० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयर शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । 

सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीको आईपीओ ५१ ह्जार ५२२ जना योग्य आवेदकले मात्र १० कित्ताका दरले हात पार्नेछन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमाबाट वितरण हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।


 

प्रतिक्रिया दिनुहोस