aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चन्द्रागिरी हिल्सको साधारण सभा पुस २१ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ मंसिर २०७९
चन्द्रागिरी हिल्सको साधारण सभा पुस २१ गते

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय थानकोट परिसरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्यनाउनेछ । साथै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस