
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब २७ करोड ६२ लाख ६८ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकारको पूर्व स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत जारी सुचनामा पुस २६ गते ११औं वार्षिक साधारण सभा गर्ने उल्लेख छ ।
उक्त साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस