aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा महँगो इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
भारतमा महँगो इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै

एजेन्सी । बीएमडब्ल्यू मोटरराड इंडियाले चाँडै नै महगो इलेक्ट्रिक स्कुटर लन्च गर्दैछ। कम्पनीले भर्खरै आफ्नो एक कार्यक्रममा इलेक्ट्रिक स्कुटर प्रदर्शन गरेको थियो। बीएमडब्ल्यू मोटरराडले २०.२५ लाख रुपैया भारु प्रारम्भिक मूल्यमा सार्वजनिक भएको छ । बीएमडब्ल्यू मोटरराडलाई कम्पनीको पहिलो पूर्ण इलेक्ट्रिक स्कुटर बजारमा लन्च हुँदा सबैभन्दा महँगो इलेक्ट्रिक स्कुटर बन्नेछ।

बीएमडब्ल्यू मोटरराडले भारतीय बजारको लागि आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरको लन्च टाइमलाइन अझै घोषणा गरेको छैन। तर, यो सन् २०२३ मा भारतमा लन्च हुने अपेक्षा गरिएको छ । बीएमडब्ल्यू मोटरराडको एक्स–शोरूम मूल्य लगभग २० लाख रूपैयाँ भा्ररु हुने सम्भावना छ । जसले यसलाई भारतमा बिक्रीमा रहेको सबैभन्दा महँगो इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनहरू मध्ये एक बनाउँछ।

बीएमडब्ल्यू मोटरराडको पहिलो इलेक्ट्रिक स्कुटरले ८.९ एयर कूल्ड लिथियम–आयन ब्याट्री प्याक गर्दछ। बीएमडब्ल्यू मोटरराडलाई २.३ किलोवाटको चार्जर प्रयोग गरेर ४ घण्टा २० मिनेटमा (देखि १०० शतसम्म चार्ज गर्न सकिन्छ। तर, ६.९ किलोवाटको फास्ट चार्जरले १ घण्टा ४० मिनेटमा इलेक्ट्रिक स्कुटरलाई पूर्ण रूपमा चार्ज गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस