aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ पुस २०७९
सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व संकलन

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट  तीन लाख ५० हजार रुपैयाँ राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट रु तीन लाख ४७ हजार उठाएको हो । 

उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिकरूपमा पनि सवारी चालकले गर्ने नियम उल्लङ्घनका बारेमा अनुगमन गर्ने गरेको छ ।

यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।  विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस