
काठमाडौं । एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडले पुस २६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटार, काठमाडौंमा साझ ५ बजे सभा बोलाईएको हो ।
सभाले विगत दुई आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले सञ्चालकहरूको नियुक्तीका लागि निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ ।
यस वर्ष कम्पनीले ३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने भएको छ । नगद लाभांश वापत रू. २३ लाख ९९ हजार ५०० रकम वितरण गर्ने तयारी कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस