aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हुलास फिन सर्भले पुस २५ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
हुलास फिन सर्भले पुस २५ गते बोलायो साधारण सभा

काठमाडौं । हुलास फिन सर्भ लिमिटेडले पुस २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २३ गते वसेको सञ्चालक समितिको बैठकले कम्पनीको कर्पोरेट कार्यालय, नक्साल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको नाम परिवर्तन गर्ने र यसका लागि प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । 

सभाले बोनस शेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने साधारण सभा सम्बन्धि सुचनामा उल्लेख भए पनि कति प्रतिशत वितरण गर्ने भन्ने वारे स्पष्ट जानकारी दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस