aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शाइन रेसुङ्गाको साधारण सभा पुस २५ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
शाइन रेसुङ्गाको साधारण सभा पुस २५ मा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले यही पुस २५ गते चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रूपन्देही, मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालिमा उक्त दिन बिहान ११ बजे गर्ने जनाइएको छ । 

सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिनेका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस