
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा कम्पनीकोे रजिष्टर्ड कार्यालय, वीरगञ्जमा बिहान १० बजे शुरू हुने जानकारी दिइएको छ । सभाले हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभालेस्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, लेखारीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्नेलगायत प्रस्तावहरू पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यसअनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरू कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस