aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पुस २९ गते लाभांश पारित गर्दै शिवम् सिमेन्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ पुस २०७९
पुस २९ गते लाभांश पारित गर्दै शिवम् सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले पुस २९ गते प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले सामना होटल, मकवानपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । साथै प्रस्तावित १० दशमलव ५३ प्रतिशत नगद लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउँनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले आगामी चार वर्षे कार्यकालका लागि कम्तिमा एक जना महिला सहित पाँच जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते एक दिन बुक क्लोज गर्ने तयार कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस