
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले पुस २७ गते विगत चार आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले स्काई दरबार ब्याङ्क्वेट, सिंहदरबार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको चार आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्नका लागि सभा आव्हान गरेको हो । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ । साथै समूह “क” र “ख” बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको मनोनय वा निर्वाचन प्रकृयाबाट पदपूर्ति गर्ने विषय पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस