aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन उर्जा विकास कम्पनीले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
हिमालयन उर्जा विकास कम्पनीले बोलायो साधारण सभा

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले पुस २९ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले अर्पण बैंङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सभाले सुमन शर्मा चौलागाईलाई बाँकी कार्यकालको लागि सञ्चालक पदमा नियुक्त गरिएकाले सोको अनुमोदन समेत गर्ने कार्यक्रम रहेको छ । 

साधारण सभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस