aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सगरमाथा इन्स्योरेन्सले यस वर्ष बोनस र नगद दुबै दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
सगरमाथा इन्स्योरेन्सले यस वर्ष बोनस र नगद दुबै दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफा सार्वजनिक गरेको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रहेको छ । 

कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस