aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित ५ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ९४ करोड ८८ लाख ७५ हजारको आधारमा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस