aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
नाडा अटो शोमा हुन्डाईका गाडीप्रति ग्राहकको आकर्षण

नेपालको बाटो र माटो सुहाउँदो हुन्डाई भेन्युले मन जित्यो (भिडियाे सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६

काठमाडौं । राजधानीमा जारी गाडीको बृहत् प्रदर्शनी नाडा अटो शोमा सेवाग्राहीको निक्कै आकर्षण रहेको छ । विभिन्न मोडलका गाडीप्रति ग्राहकको ध्यान गइरहेको पाइन्छ । 

नेपाली बजार अनुसारका गाडी प्रदर्शन गर्न कम्पनीहरुको तछाडमछाड चलिरहेको छ । जसमध्ये गाडीका पारखीहरुलाई हुन्डाईले पनि नेपाली बजारमा विभिन्न मोडलका गाडी ल्याएको छ । नेपालको कार बजारमा आफ्नो पहिचान बनाइसकेको हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लोपटक हुन्डाई भेन्यू बजार ल्याएको छ ।

नेपालको कार बजारमा यो गाडी एउटा गेमचेन्ज हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ एन्ड कम्युनिकेसन हेड आवशिष ओझाका अनुसार यो गाडी युवा पुस्ता जो गाडीको पारखी हुन् उनीहरुका लागि आकर्षक रहेको छ । साथै विगतमा अन्य गाडी चढिरहेका र पहिलोपटक गाडी किन्दै गरेकालाई पनि यो गाडीले आकर्षित गर्ने ओझाको भनाइ छ ।

नेपालको माटो र बाटो सुहाउँदो यो गाडी जुनसुकै शहरी क्षेत्रका लागि उपयुक्त रहेको छ । सरल फाइनासिङ र बलियो एवम् आकर्षक भएका कारण नाडा अटो शोमा यो गाडीप्रति ग्राहकले निक्कै रुची देखाएको ओझाले बताए । उनले हुन्डाई भेन्यूमा तीन भिन्न इन्जिन अप्सनमा रहेको बताए । उनका अनुसार १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको ८३ पीएस÷६००० आरपीएमको पावर रहनेछ । १.४ लिटर डिजेल इन्जिन यु २ कार्डरी जसको सर्वाधिक पावर ९० पीएस÷४००० आरपीएम रहनेछ तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा ऐट सीएन भीटीभीटी टेक्नोलोजी जसको सर्वाधिक पावर १२० पीएस÷६००० आरपीएमको रहनेछ । हुन्डाई भेन्यूले ७ स्पीड डीसीटीे पनि प्रदान गर्नेछ ।

त्यस्तै, हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल छ । यसको आर १६ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने कम्पनीको भनाइ छ । 

बत्तीहरुको जडानअन्तर्गत कनर्रिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेकटसहितको लेड लाइट विशेष छन् । हुन्डाई भेन्यूमा एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल छ । यो गाडीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

त्यस्तै वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसी भेन्ट रहेको छ ।

हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यु गाडीको लागि प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत हुन्डाई शोरुममा गई टेस्ट ड्राइभ गर्ने ग्राहकले डोमेस्टिक होलिडे प्याकेज जित्न सकिनेछ । जसमा लक्की ड्र अन्तर्गत तीन जोडी होलिडे प्याकेजको लागि छनोट हुने छन् । त्यस्तै हुण्डाई भेन्युले डिजिटल योजना पनि सार्वजनिक गरेको छ । यसमा सहभागीले हुन्डाई भेन्युसँगको फोटो आफ्नो फेसबुकमार्फत शेयर गरी एक इन्टरनेशनल र एक डोमेस्टिक प्याकेज जित्न सक्नेछन् । 

नाडामा हुन्डाईका अरु गाडी
 नाडा अटो शोमा हुन्डाईले नयाँ मोडलको स्यान्ट्रो गाडी पनि ल्याएको छ । पहिलो उत्पादनको २० वर्षपछि फेरि सान्ट्रो आएको हो । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो ।नयाँ सान्ट्रो पहिलोको भन्दा स्पेसियस हुनुका साथै डिजाइनका हिसाबले पनि निकै आकर्षक रहेको कम्पनीको भनाइ छ ।  कम्पनीका अनुसार अहिले पछाडि बसेर यात्रा गर्नेका लागि पनि रियर एसी भेन्ट्स रहेको छ  । सस्पेन्सन सिस्टम पनि आधुनिक भएकाले लामो यात्राका दौरान पनि थकान महसुश हुँदैन ।

पावर विन्डोसहितको यो गाडीको बडी आइस्ट्यान्स स्टिलबाट बनेको छ । यसले गाडीलाई मजबुत र सुन्दर बनाउन मद्दत गरेको छ । यो गाडीमा १६५  एमएमको ग्राउन्ड क्लियरेन्स छ । त्यसबाहेक विद्युतीय गाडी ‘कोना’ रहेको छ । ३९.२ किलोवाट ब्याट्रीजडित यो गाडीमा एकपटक चार्ज गरेपछि ४ सय ८२ किलोमिटरसम्म गुड्न सक्छ । त्यसबाहेक ग्रान्ड आई टेन फेसलिफ्ट, आई २० एक्टिभ, क्रेटा कार पनि हुन्डाईले नाडा अटो शोमा राखेको छ ।

अफर 
कम्पनीले हुन्डाईको फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ ।यो योजना भदौ २ गतेदेखि कार्तिक १६ गतेसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउनेछन् । साथै स्क्रयाच कार्ड मार्फत थप ३० हजारदेखि १ लाखसम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई स्यान्ट्रो एक थान र हुन्डाई भेन्यु एक थान जित्न सक्नेछन् । 

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १३ वटा शोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस