aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव ?

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले पुस ३० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले युनाइटेड बल्र्ड ट्रेड सेञ्टर, त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन् । यो कम्पनी प्रभु इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको छ । 

गत असार ३२ गते यी दुई कम्पनीबीच मर्जरमा जाने सहमति भएको हो । मर्जर प्रकृयामा रहेको भएपनि कम्पनीले वार्षिक साधारण सभाको लागि मर्जर सम्बन्धि कुनै पनि प्रस्ताव राखेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस